‘प्रचण्ड’ले बोलाए पदाधिकारी बैठक, यस्ता छन् एजेण्डा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

‘प्रचण्ड’ले बोलाए पदाधिकारी बैठक, यस्ता छन् एजेण्डा


१५ आश्विन २०८०, सोमबार


काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका छन्।

भोलि बिहान ८ बजे बालुवाटारमा बस्नेगरी प्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ले पार्टी पदाधिकारी बैठक बोलाएको मुख्य सचिव श्रीराम ढकालले बताए। बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणबारे ब्रिफिङ गराउने बताए।

प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिका र चीन भ्रमणपछि दुई सातापछि शनिबार फर्किएका हुन्। बैठकमा योबीचमा भएका/गरेको गतिविधिबारे पनि समीक्षा हुने जनाइएको छ।

यस्तै, बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेसपासँगको पार्टी एकताको विषयमा पनि छलफल हुने बताइएको छ। यसअघि माओवादीले बाबुरामलाई बाइपास गरेर अर्का अध्यक्ष महिन्द्रराय यादवलाई एकताको प्रस्तावको पत्र पठाएको थियो। माओवादीको त्यो प्रस्तावले नेसपाभित्र तरङ्ग पैदा भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस