दाङमा डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दाङमा डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु


१५ आश्विन २०८०, सोमबार


घोराही (दाङ) । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका-२ घर्ती गाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए । डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो ।

उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी भट्टराईले भनाइ छ । डाँगीले श्री कृष्ण माध्यमिक विद्यालय घर्ती गाउँमा अध्यापन गराउँदै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस