एमाले कर्णाली अधिवेशनमा सकियो मतदान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले कर्णाली अधिवेशनमा सकियो मतदान


१४ आश्विन २०८०, आइतबार


सुर्खेत । एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न भएको छ । आइतबार दिउँसो साढे १ बजेदेखि सुरु भएको मतदान ९ बजे सम्पन्न भएको हो ।

कुल ६१६ मतदातामध्ये हालसम्म ६०९ मत खसेको प्रदेश अधिवेशन निर्वाचन कमिटीले जनाएको छ । कमिटीका अनुसार मत गणना सोमबार बिहान ८ बजेदेखि सुरु हुनेछ ।

प्रदेश अध्यक्षमा कालीकोटका मीनबहादुर शाही, कालिकोटकै प्रकाश रोकाया र सल्यानका सल्यानका गुलावजंग शाह प्रतिस्पर्धामा छन् । यस्तै, सचिवमा सुर्खेतका ध्रुवकुमार शाही र दैलेखका रुद्रबहादुर शाही उम्मेदवार रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस