सुन तस्करी : डिल्ली आचार्यको संयोजकत्वमा चार सदस्यीय उच्चस्तरीय समिति गठन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुन तस्करी : डिल्ली आचार्यको संयोजकत्वमा चार सदस्यीय उच्चस्तरीय समिति गठन


१४ आश्विन २०८०, आइतबार


काठमाडौँ । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

भर्खरै सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा आयोग गठन गरेको हो ।

आयोगको चार सदस्यीय टिममा पुर्व प्रशासक द्वय किशोरजंग कार्की र प्रेमराज जोशी छन् । एकजना पूर्वएआईजी सहकुल थापा रहेको बताइएको छ ।

संयोजक बनाइएका आचार्य उच्च अदालतका पूर्वन्यायाधीश हुन् । उनी मुख्य न्यायाधीशको वरीयतामा रहेर पनि बढुवा नभई अवकाश भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस