‘इन्डियाज वेस्ट डान्सर’ सिजन-३ को उपाधि नेपालका समर्पण लामालाई « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘इन्डियाज वेस्ट डान्सर’ सिजन-३ को उपाधि नेपालका समर्पण लामालाई


१४ आश्विन २०८०, आइतबार


काठमाडौँ। भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज वेस्ट डान्सर’ सिजन ३ को उपाधि नेपालका समर्पण लामाले जितेका छन् । शनिवार रातीको ग्राण्ड फिनालेमा ट्रफी चुम्दै उनले १५ लाख भारतीय रुपैयाँ जितेका हुन् । उनका नृत्य निर्देशक भावना खन्डुजाले ५ लाख भारतीय नगदसहितका पुरस्कार हात पारेका छन् ।

लामा रत्ननगर नगरपालिका–१३ भीमबहादुर चोक निवासी हुन् । अन्तिम पाँच प्रतिस्पर्धामा समर्पणसहित सिवांशु सोनी, विपुल काँडपाल, अङ्कित चौहान, अञ्जली मामगाई पुगेका थिए ।

जितपछि समर्पणले आफूलाई सपनाजस्तो लागिरहेको बताएका छन् । सधैँ रियालिटी शो हेर्ने गरेको बताउँदै लामाले कुनै दिन यस्तै शोको हिस्सा बनूँ भन्ने चाहना भए पनि जितेको कल्पना पनि नगरेको तर सत्य भएको बताए ।

गोविन्दा र गणपथका कलाकार–टाइगर श्राफ र कृति सेनन अतिथि रहेको फिनाले एपिसोडको जजमा सोनाली बेन्द्रे र गीता कपुर थिए । शोलाई जय भानुशालीले होस्ट गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस