प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक रास्वपाद्वारा बहिस्कार « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक रास्वपाद्वारा बहिस्कार


१४ आश्विन २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बहिष्कार गरेको छ । आफूहरूले राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिष्कार गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए ।

सरकारले गरेको मूल्यवृद्धिप्रति रास्वपाको गम्भीर आपत्ति रहेको आइतबार उनले फेसबुकमा उल्लेख गरेका छन् । त्यसकै विरोधस्वरूप बैठक बहिष्कार गरेको उनले जानकारी गराएका छन् ।

“चाडपर्वहरूको मुखमा आमउपभोक्ताहरूलाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ,” उनले लेखेका छन्, “यसको विरोधस्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको बैठक हामीले बहिष्कार गरेका छौँ । थप कार्यक्रमबारे जानकारी दिनेछौँ ।”

Tags :
प्रतिक्रिया दिनुहोस