प्रधानमन्त्री दाहालले बोलाए ७ दलको बैठक « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

प्रधानमन्त्री दाहालले बोलाए ७ दलको बैठक


१४ आश्विन २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सात दलको बैठक बोलाएका छन् । चीनबाट फर्किए लगत्तै नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूसँग आइतबार बिहान बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री ‘प्रचण्ड’ले आजै सात दलका नेताहरुको बैठक बोलाएका हुन् ।

सात दलको बैठक बिहान ११ बजे बोलाइएको प्रधानमन्त्री ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले न्युयोर्क र चीन भ्रमणका साथै आज दिउँसो एक बजे बोलाइएको संसद बैठकबारे नेताहरूसँग छलफल थालेका छन् । त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, सचेतक महेश बर्तौला बालुवाटार पुगेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक पेश गर्ने सम्भावित कार्यसूची छ । तर नेकपा एमालेले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन नगरिएको भन्दै संसद सञ्चालनमा सरकारलाई ‘असहयोग’ गर्ने चेतावनी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस