तीनकुने पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तीनकुने पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु


१४ आश्विन २०८०, आइतबार


काठमाडौँ । काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार स्थानीयले बागमती नदी किनारमा बिहान शव देखेपछि खबर गरेका थिए । शव र मोटरसाइकल पुलको विस्तारका लागि खनिएको खाल्डोमा जमेको पानीबाट क्रेनको सहायताले बाहिर निकालिएको छ ।

प्रहरीले दुर्घटना राति भएको हुनसक्ने जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस