१९औँ एसियाली खेलकुद : नेपाल माल्दिभ्सविरुद्ध पहिला ब्याटिङ गर्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

१९औँ एसियाली खेलकुद : नेपाल माल्दिभ्सविरुद्ध पहिला ब्याटिङ गर्दै


१४ आश्विन २०८०, आइतबार


काठमाडौँ । १९औँ एसियाली खेलकुदको क्रिकेटमा अहिले नेपाल र माल्दिभ्सबीचको खेल शुरु भएको छ । हान्झाउमा नेपालले टस जितेर ब्याटिङ थालेको छ ।

नेपालले आजको खेलमा तीव्र गतिका बलर करण केसीलाई विश्राम दिएको छ । करणले विश्राम पाउँदा विकेट किपर विनोद भण्डारी टोलीमा छन् ।

आजको खेल जितेमा नेपाल क्वाटरफाइनलमा पुग्नेछ । नेपालले पहिलो खेलमा मङ्गोलियालाई २ सय ७३ रनले हराएको थियो भने माल्दिभ्सले पनि पहिलो खेलमा मङ्गोलियालाई ९ विकेटले हराएको थियो । नेपाल र मङ्गोलियाबीचको खेलमा विभिन्न विश्व कीर्तिमान समेत बनेका थिए ।

टी–२० मा ३ सय रन बनाउने नेपाल पहिलो देश बनेको थियो भने कुशल मल्लले सर्वाधिक छिटो ३४ बलमा शतक र दिपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतकको कीर्तिमान बनाएका थिए ।

माल्दिभ्सको पहिलो रोजाइको टोली भने एसियाडमा सहभागी छैन । टी–२० वरीयतामा नेपाल १६औँ र माल्दिभ्स ७८औँ स्थानमा छ । नेपाल र माल्दिभ्सबीच अहिलेसम्म दुई वटा टी–२० खेल भएकोमा नेपाल विजयी भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस