१९औँ एसियाली खेलकुदको क्रिकेटमा नेपालले आज माल्दिभ्ससँग खेल्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

१९औँ एसियाली खेलकुदको क्रिकेटमा नेपालले आज माल्दिभ्ससँग खेल्दै


१४ आश्विन २०८०, आइतबार


काठमाडौँ । १९औँ एसियाली खेलकुदको क्रिकेटमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान पौने ७ बजे हान्झाउमा शुरु हुँदैछ ।

आजको खेल जितेमा नेपाल क्वाटरफाइनलमा पुग्नेछ । नेपालले पहिलो खेलमा मङ्गोलियालाई २ सय ७३ रनले हराएको थियो भने माल्दिभ्सले पनि पहिलो खेलमा मङ्गोलियालाई ९ विकेटले हराएको थियो । नेपाल र मङ्गोलियाबीचको खेलमा विभिन्न विश्व कीर्तिमान समेत बनेका थिए ।

टी-२० मा ३ सय रन बनाउने नेपाल पहिलो देश बनेको थियो भने कुशल मल्लले सर्वाधिक छिटो ३४ बलमा शतक र दिपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतकको कीर्तिमान बनाएका थिए ।

माल्दिभ्सको पहिलो रोजाइको टोली भने एसियाडमा सहभागी छैन । टी–२० वरीयतामा नेपाल १६औँ र माल्दिभ्स ७८औँ स्थानमा छ । नेपाल र माल्दिभ्सबीच अहिलेसम्म दुई वटा टी–२० खेल भएकोमा नेपाल विजयी भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस