एमाले कर्णाली अधिवेश : शाही र सिंहले लिए उम्मेदवारी फिर्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले कर्णाली अधिवेश : शाही र सिंहले लिए उम्मेदवारी फिर्ता


१३ आश्विन २०८०, शनिबार


काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षको लागि उम्मेदवारी दिएका पूर्व सभामुख राजबहादुर शाही र प्रेम बहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिन तोकिएको अन्तिम समयमा शाही र सिंहले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

शाही र सिंहले शुक्रबार आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। शनिबार उनले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।

अब अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस