मेयर गुप्ता र इन्जिनियर साह भ्रष्टाचार मुद्दामा दोषी ठहर « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

मेयर गुप्ता र इन्जिनियर साह भ्रष्टाचार मुद्दामा दोषी ठहर


१२ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । सप्तरीको शम्भुनाथ नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारुको संयुक्त इजलासले निलम्बित मेयर गुप्तासहित दुई जनालाई भ्रष्टाचारी ठहर गरेको हो ।

शम्भुनाथ नगरपालिकाका इन्जिनियर रामचन्द्र साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको थियो । इन्जिनियर साहको बयान र मेयर गुप्ताको घुस माग गरेको अडियो फेला परेपछि गुप्ता पनि पक्राउ परेका थिए ।

अख्तियारले मेयर गुप्ता र इन्जिनियर साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । दोषी ठहर गर्दै दुवै जनालाई छ महिना कैद र ७० हजार रुपैयाँ जरिबाना तोकेको विशेष अदालतले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस