संघीयताविरोधीहरू सामाजिक सद्भाव बिगार्न सक्रिय भए  : मुख्यमन्त्री यादव « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संघीयताविरोधीहरू सामाजिक सद्भाव बिगार्न सक्रिय भए  : मुख्यमन्त्री यादव


१२ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयताविरोधीहरू सामाजिक सद्भाव बिगार्ने गतिविधिमा सक्रिय रहेको बताएका छन्।

इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्म दिवसको अवसरमा मुस्लिम धर्मावलम्बीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेस प्रदेशमा सामाजिक सद्भाव बिगार्ने क्रियाकलापमा संघीयताविरोधीहरू सक्रिय रहेको बताए।

उनले सामाजिक सद्भाव बिगार्नेहरू र सङ्घीयता विरोधीहरूबाट सचेत हुन आवश्यक रहेको बताए। उनले संसारको कुनै पनि शक्ति सङ्घीयताको विरोधमा लागे पनि सङ्घीयतालाई खारेज गर्न नसक्ने बताए।

उनले प्रदेश सरकारसँग आफ्नो प्रशासन नहुँदा सामाजिक सद्भाव बिगार्नेहरूलाई कारबाही गर्न नसकेको गुनासो गरे। सङ्घ सरकारले त्यस्ता गतिविधि गर्नेलाई कारबाही नगर्दा उनीहरूको मनोबल उच्च भइरहेको उनको भनाइ छ। उनले संघीय सरकारसमेत संघीयताविरोधी रहेको आरोप लगाए।

Tags :
प्रतिक्रिया दिनुहोस