चिरख्वा हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चिरख्वा हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै


१२ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका आठ लाख ५९ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीय बासिन्दालाई निष्कासन गरेको सेयरमा आवेदन नपरेकोसहित सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले आईपीओमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछन् । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्कासन अवधि कात्तिक ३ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सी आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस