एमाले बागमती अधिवेशन: आज मतदान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले बागमती अधिवेशन: आज मतदान


१२ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तर्गत भावी नेतृत्वका लागि आज मतदान हुँदैछ ।

अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका थिए । तर, तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि आज दुई जनाका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म पार्टी केन्द्रिय कार्यालय च्यासलमा हुनेछ ।

अध्यक्षका लागि रामेछापका कैलाश ढुङ्गेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशव पाण्डेले उम्मेदवारी दर्ता गराएको थिए । तर, अब ढुङ्गेल र दाहाल बिच मात्रै प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ ।

विद्युतीय मतदानबाट नेतृत्व चयन गर्न लागेको बागमती एमालेले असोज ११ गते बिहीबार बिहान ११ बजेबाट मात्रै मतदान सुरु गराउने भनिएको थियो । तर, सहमतिको प्रयासमा हिजो मतदान हुन सकेन ।

Tags :
प्रतिक्रिया दिनुहोस