प्रेम चलाउनेमाथि आक्रमणका एक अभियुक्त दुई वर्षपछि पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रेम चलाउनेमाथि आक्रमणका एक अभियुक्त दुई वर्षपछि पक्राउ


११ आश्विन २०८०, बिहिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमणमा संलग्न एक फरार अभियुक्त पक्राउ परेका छन् ।

अढाई वर्षदेखि पाटन उच्च अदालतको आदेश अवज्ञा गरेर फरार भएका सयुस श्रेष्ठलाई प्रहरीले आज रातोपुलबाट पक्राउ गरेको हो ।

चलाउनेमाथि आक्रमणमा संलग्न नेविसंघका ७ जनामध्ये दुईजना फरार भएका थिए । पाटन उच्च अदालतले उनीहरूलाई जनही पाँच लाख धरौटी र एक लाख अन्तरिम क्षतिपूर्तिको आदेश दिएको थियो ।

पाटनको आदेश कार्यान्वयन गर्न दुई वर्षअघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

झापा गौरादह घर भएका श्रेष्ठलाई महानगरीय प्रहरी परिसरको टोलीले आज पक्राउ गरेको स्रोतले बाएको छ । चलाउनेले उनीबाट धरौटी नलिइकन थुनामा राख्ने माग गर्दै निवेदन दिने तयारी गरेका छन् ।

श्रेष्ठले २१ दिनको म्याद गुजारेकाले तारेखमा छोड्न नमिल्ने उनको तर्क छ ।

Tags :
प्रतिक्रिया दिनुहोस