एनआईसी एसिया बैंकका शाखा प्रबन्धकसहितका कर्मचारीविरुद्ध ठगी निवेदन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

एनआईसी एसिया बैंकका शाखा प्रबन्धकसहितका कर्मचारीविरुद्ध ठगी निवेदन


११ आश्विन २०८०, बिहिबार


काठमाडौँ । रौतहटको गरूडा बजारस्थित एनआईसी एसिया बैंकका शाखा प्रबन्धक आमोद गुप्ताविरुद्ध प्रहरीमा ठगीसम्बन्धी निवेदन परेको छ।

बैंकबाट ऋण लिएका ऋणीले शाखा प्रबन्धक गुप्तासहित बैंकका कर्मचारीले ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।

उक्त निवेदन अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा आएको प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

धितोमा ऋण लिएका ऋणीको रकम आफैँले निकालेर अपचलन गरेको आरोपमा शाखा प्रबन्धक गुप्तालगायत बैंकका कर्मचारीविरुद्ध ठगी गरेको भन्दै प्रहरीमा निवेदन परेको श्रेष्ठले बताए ।

गुप्तासहितका बैंकका कर्मचारीले कृषि सहुलियत ऋण स्वीकृत गरेपछि ऋणीसँग खाली चेकमा हस्ताक्षर गराएर बैंकका कर्मचारीलगायतका व्यक्तिको नाममा रकम निकालेको आरोप छ।

एसपी श्रेष्ठका अनुसार यसबारे अनुसन्धान सुरु गरिएको छ।

श्रेष्ठले भने, ‘ठाडो निवेदन परेको छ। अनुसन्धान हुँदैछ। प्रारम्भिक अनुसन्धानमा ऋणी र बैंकबीचको कारोबार नमिलेको जस्तो देखिन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस