फिनिक्स कलेजद्वारा क्रिकेटर भीम सार्कीलाई स्नातक अध्ययन गर्न पूर्ण छात्रवृत्ति « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

फिनिक्स कलेजद्वारा क्रिकेटर भीम सार्कीलाई स्नातक अध्ययन गर्न पूर्ण छात्रवृत्ति


११ आश्विन २०८०, बिहिबार


काठमाडौँ । फिनिक्स कलेज अफ म्यानेजमेन्टले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी भीम सार्कीलाई स्नातक अध्ययन गर्न पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । भीमलाई बीबीए अध्ययन गर्न छात्रवृत्ति दिइएको कलेजले जनाएको छ ।

फिनिक्स कलेज अफ म्यानेजमेन्टले यसअघि राष्ट्रिय क्रिकेट टिमका खेलाडी ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई पनि पूर्ण छात्रवृत्ति प्रदान गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस