सरकारको दुई बुँदे निर्णयप्रति असन्तुष्टि जनाउँदै डाक्टरहरू आज पनि सडकमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरकारको दुई बुँदे निर्णयप्रति असन्तुष्टि जनाउँदै डाक्टरहरू आज पनि सडकमा


११ आश्विन २०८०, बिहिबार


काठमाडौँ। सरकारले गरेको दुई बुँदे निर्णयप्रति असहमति जनाउँदै डाक्टरहरू आज पनि सडकमा उत्रिएका छन् । माइतीघरको सडकमा उत्रिएर आज पनि उनीहरूले विरोध जनाएका हुन् ।

मङ्गलवार गृह मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, चिकित्सकका प्रतिनिधिसमेतको छलफलले २ बुँदे निर्णय गरेको थियो । जसअनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधनले गरेको कसुर र दण्ड सजायसम्बन्धी व्यवस्थाहरू सबैले देख्ने गरी राख्ने उल्लेख छ ।

त्यस्तै पछिल्लो समय स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाहीका लागि मातहतका निकायमा निर्देशन दिने पनि गृहले जनाएको छ । सोही अनुसार स्वास्थ्य मन्त्रालयले हिजो सबै स्वास्थ्य संस्थामा सूचना टाँसेर स्वास्थ्य सेवा सुचारु गर्न निर्देशन दिएको थियो ।

तर, डाक्टरहरूले सहकर्मीमाथि कुटपिट गर्नेमाथि कारबाही नभएसम्म र निर्धक्कसाथ बिरामीको उपचार गर्न पाउने अवस्था नबनेसम्म आन्दोलन नरोक्ने अडान राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस