२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिले दलले पालेका गुण्डा र अपराधीलाई छुटाउन हस्ताक्षर गरे : रवि लामिछाने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकामाथि प्रश्न उठाएका छन् । बनेपामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै स्वतन्त्र राष्ट्रपति भएको भए दलले पालेका गुण्डा र अपराधीलाई छाड्न हस्ताक्षर नगर्ने बताए ।

उनले भने, ‘फेरि अहिले अर्को अपराधी मुख मिठ्याएर बसेको छ मलाई चाहिँ नछुटाउने उसलाई चाहिँ छुटाउने भनेर मैले मात्रै अपराध गरेको छु र भनेर अर्को अपराधीको लाइन छ उहाँ । राजनीतिक दल नै पिच्छे लाइन छ । पख्नुस् न संविधान र गणतन्त्र दिवस आउँछ नि भनेर । हाम्रो सरकार छ हाम्रै राष्ट्रपति हुनुहुन्छ भनेर विभिन्न जघन्य अपराध गरेको मान्छेहरूको लिस्ट ठूला पार्टीका नेताहरूले खल्तीमा हालेर बसेका छन् । त्यही सरकारमा लिएर जान्छन् र राष्ट्रपतिकहाँ चढाउँछन् त्यसैले तपाईँहरूले जति विरोध गर्नुस् ।’

उनले आफूहरूले कुनै दलको नभई १० वर्ष कुनै राजनीतिक दलमा नलागेको व्यक्तिलाई राष्ट्रपति बनाउने परिकल्पना गरेको बताए ।

उनले भने, ‘हामीले परिकल्पना गरेका जस्ता व्यक्ति राष्ट्रपति भए भने दलले पालेका गुण्डा र अपराधीलाई छुटाउन हस्ताक्षर गर्दैनन् ।’

रविले थपे, ‘हामीले हरेक काण्डमा बोलेका छौँ। तर, हामीलाई जनताले बोलेर मात्रै के हुन्छ र भन्लान् ? त्यसैले अब हामीले एकैचोटी त्यसको जवाफ ०८४ मा दिन्छौँ ।’

प्रतिक्रिया दिनुहोस