कर्णालीको मुख्य दुश्मन गरिबी हटाउने योजना बनाएका छौँ : मुख्यमन्त्री शर्मा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कर्णालीको मुख्य दुश्मन गरिबी हटाउने योजना बनाएका छौँ : मुख्यमन्त्री शर्मा


११ आश्विन २०८०, बिहिबार


रुकुम पश्चिम । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य दुश्मन गरिबी रहेको बताएका छन्।

नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कर्णालीको गरिबी हटाउनु अहिलेको ठूलो चुनौती रहेको बताए।

‘हामीले कर्णालीको गरिबीलाई हटाउने योजना बनाएका छौँ, प्रत्येक वर्ष विपन्न गरिब, गरिब घर परिवारका १० हजार युवालाई रोजगार बनाउने योजना बनाएका छौँ। यो योजना हामीले सफल पारेरै छाड्ने छौँ,’ मुख्यमन्त्री शर्माले भने।

त्यसका लागि नीति तथा कार्यक्रम निर्माण गरिएको उनले बताए। ‘हामी १० हजार युवालाई रोजगारी दिने कार्यको प्रक्रियामा छौँ, अनुदानमार्फत नभएर बीउ पुँजी अन्तरगत युवालाई रकम सहयोग गरेर उनीहरूको आयआर्जनमा सहयोग पुर्‍याउने योजनाका साथ प्रदेश सरकार लागेको छ, मुख्यमन्त्री शर्माले भने।

कर्णाली प्रदेशमा धेरै चुनौती रहेको भए पनि त्यो चुनौतीका माझ पनि सरकारले काम गर्ने उनले बताए।

राजनीतिक अस्थिरताका कारणले भने सरकारमा बसेर काम गर्न केही समस्या भएको मुख्यमन्त्री शाहीकाे भनाइ छ।

आफूले तीन पटकसम्म विश्वासको मत लिएको प्रसङ्गलाई जोड्दै नेपालको अस्थिर राजनीतिका कारण पनि सरकारमा रहेर प्रभावकारी काम गर्न नसकेको उनको भनाइ थियो।

Tags :
प्रतिक्रिया दिनुहोस