राप्रपा अध्यक्ष लिङ्देन दोहा प्रस्थान « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राप्रपा अध्यक्ष लिङ्देन दोहा प्रस्थान


११ आश्विन २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन प्रवासी नेपाली एकता समाज कतारको निमन्त्रणामा दोहा प्रस्थान गरेका छन् ।

नेपाली समुदाय र श्रमिकहरूसँग छलफल तथा भेटघाटका लागि लिङदेन कतारतर्फ लागेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

लिङ्देनको भ्रमण दलमा प्रवास विभाग प्रमुख तथा राप्रपा केन्द्रीय सदस्य आनन्द अधिकारी पनि सहभागी छन् ।

उनले कतारमा रहँदा श्रमिकको समस्या र अवस्थाबारे जानकारी लिने र नेपाली दूतावासका अधिकारीहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस