मैले सर्प पालेको छैन, बदनाम गर्न खोजियो : झलनाथ खनाल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मैले सर्प पालेको छैन, बदनाम गर्न खोजियो : झलनाथ खनाल


१० आश्विन २०८०, बुधबार


काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर आलोचना गर्ने गरेको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार काठमाडौँमा आयोजित नेपाल सर्ट फिल्म अवार्ड २०२३ लाई सम्बोधन गर्दै उनले आफू सर्लाही जाँदा सर्पको टोकाइका कारण मृत्युवरण गर्नुपरेको घटना देखेकाले सर्पदंशका बिरामीलाई देशमै उपचार हुनुपर्ने र औषधि बन्नुपर्ने माग सम्बोधन गर्नका लागि आवाज उठाएको बताए ।

उनले आफ्नो नाममा आफूले नचाहँदा नचाहँदै पनि नाम राखेको र त्यसबाट के–के गरे भन्नेबारे आफू अनविज्ञ रहेको बताए । उनले सर्प पाल्ने काममा आफ्नो कुनै लगानी नरहेको पनि स्पष्ट पारे । पछिल्लो समय त्यसलाई विवादमा तान्ने काम भएको भन्दै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेतासमेत रहेका खनालले अख्तियारमा समेत उजुरी परेर छानबिनको विषय बनेको कुरा आफूले जानकारी पाएको बताए । उनले नाम अर्कैले राखेको तर आफूलाई ७३ करोड भन्ने गरिएको बताए । उनले सर्प पालनमा आफ्नो कुनै लगानी र पेशा व्यवसाय नभएको स्पष्ट पारेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस