भोलि मधेश प्रदेशमा सार्वजनिक बिदा « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

भोलि मधेश प्रदेशमा सार्वजनिक बिदा


१० आश्विन २०८०, बुधबार


काठमाडौँ । मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश प्रदेश सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिइएको छ।​

सरकारले मुस्लिम समुदायहरूको विशेष पर्व पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा असोज ११ गते बिहीबार अर्थात् भोलि सार्वजनिक बिदाको घोषणा गरेको हो।

मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले सूचना जारी गर्दै उक्त जानकारी दिलका हुन् ।

मन्त्रिपरिषद् बैठकबाट निर्णय भएअनुसार बिहीबार मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस