आईपीओ भर्दा बैंक खातामा पर्याप्त रकम नभए तत्काल आवेदन रद्द हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आईपीओ भर्दा बैंक खातामा पर्याप्त रकम नभए तत्काल आवेदन रद्द हुने


१० आश्विन २०८०, बुधबार


काठमाडौँ । अब धितो पत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) भर्दा खातामा पर्याप्त रकम भएरनभएको तत्काल जानकारी पाइने भएको छ । रकम नभए तत्काल प्रणालीले आईपीओको आवेदन रद्दको सूचना दिने भएको हो ।

नेपाल धितोपत्र बोर्डले सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को एपीआई कार्यविधि स्वीकृत गरेरसँगै अब सीडीएससीको एपीआई आस्वा सदस्यहरू बैंकहरुले जडान गर्न सक्ने भएका छन् । सी-आस्वा प्रणाली मार्फत आईपीओमा आवेदन दिएपनि त्यसको भेरिफाइ भएर बैंक खातामा भएको रकम रोक्का हुन समय लाग्ने अवस्था थियो ।

सीडीएसीले बताएको कार्यविधि बोर्डबाट स्वीकृत भएर आएसँगै अब एपीआई मार्फत सी-आस्वा सदस्य मार्फत रियल टाइममा नै आईपीओमा आवेदन दिने आवेदकको बैंक खाताबाट रकम रोक्का गर्न मिल्ने सीडीएस एण्ड क्लियरिङ लिमिटेडका सूचना अधिकारी सुरेस न्यौपानले बताए । सीडीएससीले करिब एक वर्षअघि कार्यविधि स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाएको थियो।

बोर्डबोट स्वीकृत भएर आएसँगै तयसलाई कार्यान्वयन गर्ने बाटो खुलेको हो । आईपीओमा आवेदन दिन बैंक खातामा रकम नभएपनि हुने र आईपीओ भेरिफाइ गर्दा बैंक खातामा रकम भए रिजेक्ट हुने अवस्था थियो भने अब आईपीओमा आवेदन दिनेको बैंक खातामा रकम छ की छैन भनेर सोही समयमा नै भेरिफाइ हुने भएको छ । यसले आईपीओ झुटा आवेदन नियन्त्रण हुने सीडीएससीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस