२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेशका गर्भवती र सुत्केरी महिलालाई हवाई उद्धार सेवा

अ+ अ-

चितवन । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गर्ने भएको छ । मन्त्रालयले निर्देशिका बनाएर यो विषय कार्यान्वयनको चरणमा ल्याएको हो । मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा खगेश्वर गेलालका अनुसार उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरिएको छ ।

यसबारे मन्त्रालयले निर्देशिका बनाएर मन्त्रिपरिषद्बाट पारित गरी प्रदेश राजपत्रमा प्रकाशित गरिसकिएको र केही दिनमै प्रदेश निर्देशनालयमा कार्यान्वयनका लागि पठाइने र निर्देशनालयले १३ वटा जिल्ला स्वास्थ्य कार्यालयमा पत्राचार गर्ने छ । यससँगै हेलिकप्टर कम्पनीसँग सम्झौता गरेर काम अघि बढाइने उनले जानकारी दिए ।

मन्त्रालयले प्रदेशभित्रका १३ वटा प्रदेश अस्पताल, भरतपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र धुलिखेल अस्पतालमा पुर्‍याइएर उद्धार गरिएका गर्भवती र सुत्केरीको उपचारको व्यवस्था पनि गरेको छ ।

स्वास्थ्यमन्त्री उत्तम जोशी नियुक्त हुँदा पहिलो निर्णय जोखिममा रहेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिने कुरा उल्लेख गरेका थिए । सोही विषय कार्यान्वयन गर्न निर्देशिका बनाएर काम अघि बढाइएको हो । उनले भने । ‘प्रदेशभित्रका विकट ठाउँका महिलाले भोग्नुपरेको समस्या सम्बोधन गर्न यो निर्णय गरेको हुँ ।’ उपचारको अभावमा गर्भवती र सुत्केरीले अकालमा ज्यान गुमाउनु परेको भन्दै उनले अबका दिनमा त्यो समस्या नआओस् भन्नका लागि बजेट विनियोजन गरी काम अघि बढाइएको बताए । मन्त्री जोशीले थपे ‘देशकै स्वास्थ्यका क्षेत्रमा अब्बल जिल्ला यो प्रदेशमा पर्छ । त्यति मात्रै होइन, निकै विकट ठाउँ पनि यही प्रदेशमा छन् ।’

कतिपय महिलाले बच्चा जन्माउँदा उपचार नपाएर ज्यान गुमाउनु परेको र कतिपयले बच्चा जन्मिएपछि उपचार नपाएर पनि मृत्यु भएको अवस्था रहेको भन्दै उनले बताए ।

प्रतिक्रिया दिनुहोस