गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको मृत्यु


१० आश्विन २०८०, बुधबार


काठमाडौँ । बैतडीमा गाडीको ठक्करबाट एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरामा कार्यरत हवल्दार ३७ वर्षीय नरेन्द्रसिंह महराको गाडीको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्ग अन्तर्गत हरिचन मोडमा उनलाई नम्बर नखुलेको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले अहिले महरालाई ठक्कर दिने गाडीको खोजी गरिरहेको छ । ‘हामीले गाडी खोजिरहेका छौँ केही शङ्कास्पद गाडी नियन्त्रणमा छन् केही बेरमै ठक्कर दिने गाडी पहिचान हुन्छ’ प्रहरी नायव उपरीक्षक गिरीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस