२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेयर धितो कर्जामा १५० प्रतिशत जोखिम भार बढी भयो : पूर्वअर्थमन्त्री खतिवडा

अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १५० प्रतिशतको जोखिम भार बढी भएको बताएका छन् ।

मङ्गलवार काठमाडौँमा नेपाल उद्योग व्यवसायी महासङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै खतिवडाले नेप्से इन्डेक्स ३२ सय अङ्कमा हुँदाको जोखिम अहिले नभएको भन्दै बजारमा १५० प्रतिशतको जोखिम भार उच्च भएको बताएका हुन् ।

‘नेप्से इन्डेक्स ३२०० हुँदा बजार ‘ओभर हिटेड’ भयो भनेर मैले पनि भनेको हुँ । तर, अहिले बजार ओभर करेक्सन भइसक्यो भने जोखिम भार १५० किन राख्नुपर्छ ?,’ उनले प्रश्न गर्दै भने, ‘बजार बढ्ने र घट्ने साइकलको कुरा हो । सेयर बजार माथि जान्छ भने त्यो बेला जोखिम बढी हुन्छ र जोखिम भार बढाउन हो । करेक्सन हुँदा जोखिम घट्छ भने जोखिम भार पनि घटाउने हो ।’

पूर्वगभर्नर समेत रहेका खतिवडाले राष्ट्र बैंकले जोखिम देख्ने र लेख्ने प्रक्रिया पनि बुझ्न नसकिएको बताए ।

उनले आफू गभर्नर हुँदा कुल कर्जाको दुई प्रतिशत भन्दा धेरै सेयर धितो कर्जा बैंकले दिन नहुने व्यवस्था गरेको बताउँदै अहिले त्यही दुई प्रतिशत पुर्‍याउँदा पनि ३० देखि ४० अर्ब बजारमा जाने बताए ।

‘३० देखि ४० अर्ब बजारमा जाँदा सेयर बजार चलायमान भइहाल्छ,’ उनले राष्ट्र बैंकप्रति लक्षित गर्दै भने, ‘एउटा व्यवसायीले १ खर्बसम्म ऋण लिँदा त्यहाँ जोखिम देख्दैनौँ । १२ करोड कसैले लगानी गर्‍यो भने त्यहाँ राष्ट्र बैंक जोखिम देख्छ । यो जोखिम देख्ने र लेख्ने प्रक्रिया पनि बुझिएन ।’

उनले सेयर बजार सम्बन्धी नीतिमा सानो करेक्सन गर्दा धेरै केही हुने अवस्था नभएको बताए । तर, त्यसले लगानीकर्ताको मनोबल बढ्ने र बढेको मनोबलले गर्दा हतारिएर सेयर बेच्ने प्रवृत्ति घट्ने उनले बताए । त्यसले सेयर बजारका कम्पनीको मूल्यमा पहिरो जाने क्रम रोकिने उनको दाबी छ ।

उनले धितोपत्र बोर्डलाई कमजोर कम्पनीलाई किन यति धेरै आइपिओ ल्याउन दिएको भन्दै प्रश्न पनि गरे ।

प्रतिक्रिया दिनुहोस