ओलीको आरोप-सत्ता टिकाउने बाहेक सरकारलाई अरु फुर्सद छैन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ओलीको आरोप-सत्ता टिकाउने बाहेक सरकारलाई अरु फुर्सद छैन


९ आश्विन २०८०, मंगलबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान सत्ता टिकाउन मात्रै केन्द्रित रहेको आरोप लगाएका छन् ।

मुलुकको नाजुक अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्न कुनै कदम चाल्ने भन्दा पनि सरकारको ध्यान सत्ता टिकाउने कुरामा मात्रै रहेको ओलीको जिकिर गरेका हुन् ।

मंगलवार काठमाडौँमा आयोजित ‘निजी क्षेत्रसँग एमाले’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सत्ता टिकाउने बाहेक सरकारसँग अरु फुर्सद नै नभएको बताएका हुन्।

नाजुक अवस्थामा पुगेको अर्थतन्त्रलाई माथि उठाउन सरकारसँग कुनै कदम चाल्ने, अध्ययन गर्ने, विश्लेषण गर्ने चाहना नै नभएको ओलीको भनाई थियो।

ओलीले आफ्नो पार्टीलाई सरकारमा जाने हतारो नभए पनि २०८४ सालको निर्वाचनसम्म पर्खँदा मुलुकमा एउटा पनि उद्योगधन्दा नरहने अवस्था आउने होकि भन्ने चिन्ता लागेको पनि बताए।

मुलुकको अर्थतन्त्र जरैदेखि हल्लिए पनि वर्तमान सरकारसँग त्यसलाई हटाउने ल्याकत नै नभएको उनले दाबी समेत गरे।

अध्यक्ष ओलीले व्यवसायीहरूका समस्या समाधानका लागि सरकारसँग छलफल गर्ने आश्वासन पनि दिएका छन्। त्यसैगरी उनले चर्को ब्याजदर व्यवसायीहरूलाई नलिन नेपाल राष्ट्र बैंकलाई सचेत समेत गराए।

Tags :
प्रतिक्रिया दिनुहोस