काँग्रेसद्वारा शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

काँग्रेसद्वारा शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल


९ आश्विन २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलले प्रतिनिधि सभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक र शिक्षकसँगको सहमतिलगायतका विषयमा सरोकारवाला पक्षसँग छलफल गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकलगायतले छलफल गरेका हुन् ।

छलफलमा नेपाल शिक्षक महासङ्घ र घटक संस्था, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन), सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपाललगायतका संस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी थिए।

प्रमुख सचेतक लेखकले सरोकारवालाको सुझावका आधारमा विधेयकलाई परिमार्जन गराउन आफ्नो दलले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले यही असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौँ केन्द्रित सडक आन्दोलन गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छ बुँदे सहमति भएको थियो।

राहत शिक्षकहरू भने अहिले पनि आन्दोलनमै छन्। सो विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो भने अब बस्ने संसद्को बैठकमा प्रस्तुत हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस