७१ बुँदे साझा सुझाव समावेश गरी सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

७१ बुँदे साझा सुझाव समावेश गरी सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग


९ आश्विन २०८०, मंगलबार


काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनले तत्काल संघीय निजामती ऐन जारी गर्न माग गरेको छ ।

ट्रेड युनियनले दिएका सुझावहरूलाई समावेश गरी ऐन जारी गर्न माग गरेको हो ।

सङ्गठनको चौथौँ बैठक तथा सहकारीसम्बन्धी कार्यशाला गोष्ठीको निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरिएको थियो ।

निजामती कर्मचारी सङ्गठनले ट्रेड युनियनले दिएका ७१ बुँदे साझा सुझाव समावेश गरी सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग गरेको हो । सङ्गठनले उक्त विधेयकमा कर्मचारीहरू सरकारले आवश्यक छलफल र परामर्श नगरेको आरोप लगाएको छ ।

त्यस्तै, सङ्गठनले स्वास्थ्य सेवा र संसद् सेवालाई निजामती सेवामा समावेश गर्न, ‘जहाँ सरकार, त्यहाँ ट्रेड युनियन’को अवधारणा कार्यान्वयन गर्न, अन्तर तह र अन्तर प्रदेशसहित वैज्ञानिक सरुवाको व्यवस्था गर्न, उमेर हद ६० वर्ष कायम गर्न माग गरेको छ ।

माग :

Tags :
प्रतिक्रिया दिनुहोस