भीरबाट लडेर घाइते भएका दोर्जेलाई सेनाको हेलिकोप्टर मार्फत काठमाडौँ ल्याइयो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भीरबाट लडेर घाइते भएका दोर्जेलाई सेनाको हेलिकोप्टर मार्फत काठमाडौँ ल्याइयो


९ आश्विन २०८०, मंगलबार


काठमाडौँ । भीरबाट लडेर घाइते भएका गोरखाको चुमनुब्री गाउँपालिका-२, स्यो गाउँका ८० वर्षीय छेन्चा दोर्जेलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ।

आज नेपाली सेनाको हेलिकोप्टर मार्फत उनलाई काठमाडौँ ल्याइएको हो। सोमबार वृद्ध भत्ता लिन जाँदा उनी भीरबाट लडेर घाइते भएका थिए।

यस्तै, दाङको लमही नगरपालिका-९ स्थित महेन्द्र राजमार्गमा काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुवाहक बस आज बिहान ५ः४५ मा अनियन्त्रित भई दुर्घटना भएको थियो। उक्त दुर्घटनाका घाइते भएकाहरूको नेपाली सेनाले उद्धार गरी नेपालगञ्ज अस्पताल ल्याउन सहयोग गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस