रास्वपाले बोलायो केन्द्रीय र संसदीय समितिको संयुक्त बैठक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रास्वपाले बोलायो केन्द्रीय र संसदीय समितिको संयुक्त बैठक


९ आश्विन २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आह्वान गरेको छ । बैठक भोलि (बुधबार)अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको हो ।

बैठकमा संविधान दिवसको दिन राष्ट्रपतिबाट दिइएको जेल सजाय छुट र जिल्लामा परिचालित नेताहरूको रिपोर्टबारे छलफल हुने महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ६७० जनाको बाँकी जेल सजाय छुट दिने निर्णय गरेका थिए ।

यसैगरी जनताको आवाज सुन्न भन्दै १९ जिल्लामा खटिएका नेताहरूको ब्रिफिङबारे पनि छलफल हुने छ । रास्वपाले ३ असोजदेखि ७ असोजसम्म १९ नेतालाई १९ जिल्लामा खटाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस