सन्दीप आज चीन जाँदै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सन्दीप आज चीन जाँदै


९ आश्विन २०८०, मंगलबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने आज चीन जाने भएका छन् ।

एसियन गेम्स खेल्न उनी आज साढे १२ बजे चीनतर्फ प्रस्थान गर्ने भएका हुन् । नेपाली क्रिकेट टीम भने एसियाड खेल्न तीन दिनअघि नै भइसकेको छ । सन्दीप भने आफ्नो मुद्दाको पेशीका कारण रोकिनुपरेको थियो ।

उनले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्न नसक्ने जनाउ नेपाल क्रिकेट संघलाई गराएका थिए । तर, हिजै बेलुकी संघका नवनिर्वाचित सचिव पारस खड्कासँग भेटवार्ता भएपछि सन्दीपको यात्रा निश्चित भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस