नेपाल र चीनबीच रसुवागढी-केरुङ विद्युतीय प्रसारण लाइन निर्माण गर्ने सहमति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल र चीनबीच रसुवागढी-केरुङ विद्युतीय प्रसारण लाइन निर्माण गर्ने सहमति


८ आश्विन २०८०, सोमबार


काठमाडौँ । नेपाल चीनबीच रसुवागढी केरुङ विद्युत् प्रसारण लाइन निर्माण गर्ने सम्झौता भएको छ । नेपालले भारतपछि चीनसँग अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण गर्ने सहमति गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा २२० केभी प्रसारण लाइन निर्माण गर्ने सोमबार सहमति भएको स्रोतले जनाएको छ ।

त्यसैगरी सङ्खुवासभाको किमाथांका हुँदै चीनसम्म निर्माण गरिने विद्युतीय प्रसारण लाइनको सम्भाव्यता अध्ययन गर्ने दुई देशबीच सहमति भएको छ ।

सहमति अनुसार रसुवाको चिलिमेबाट तिब्बतको जियोङसम्म १६ किलोमिटर लामो प्रसारण लाइन चीन सरकारले बनाइदिनेछ । नेपालले भारतपछि चीनसँग अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएको हो । यसअघि, प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा १२ वटा सम्झौता तथा समझदारी र एउटा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस