कोशीमा एमालेसहितको सरकार बनाउन गगन थापाको प्रस्ताव  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कोशीमा एमालेसहितको सरकार बनाउन गगन थापाको प्रस्ताव 


८ आश्विन २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कोशी प्रदेशमा नेकपा एमालेसँग पनि सहकार्य गरेर जानुपर्ने राय राखेका छन् ।

केन्द्रीय समितिको बैठकमा बोल्दै महामन्त्री थापाले कोशी प्रदेशमा फरक ढङ्गले सोच्नुपर्ने बताए । ‘कोशीको अहिलेको संवेदनशीलता हेरेर नेकपा एमाले समेतको सरकार बनाएर जान उपयुक्त हुन्छ । यो मेरो राय हो’, महामन्त्री थापाले भने ।

आइतबार बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य भीम पराजुलीले पनि राप्रपासँग सहकार्य गरेर सरकार निर्माण गर्नुपर्ने मत राखेका थिए ।

कोशीमा काँग्रेस नेतृत्वमा रहेको सरकारलाई अदालतले हटाएपछि एमालेका मुख्यमन्त्री बनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस