२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फुटपाथको विकल्प दिन बालेनलाई ओलीको आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिबको सामान फालेर मात्रै फुटपाथको समस्या समाधान नहुने बताएका छन्।

काठमाडौँमा आजदेखि सुरु भएको एमाले बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहमा बोल्दै ओलीले विकल्प दिएर फुटपाथ व्यवसायको व्यवस्थापन गर्नुपर्ने बताएका हुन्।

फुटपाथ व्यवसायीलाई विकल्प दिनुको सट्टा नगर प्रहरीले उनीहरूमाथि उल्टो ज्यादती गरिरहेको ओलीले बताए।

‘मान्छेहरू गाडिबाट ओर्लेजसरी नगर प्रहरी उत्रिँदैन। प्रहरी ओर्लिए जसरी नगर प्रहरी ओर्लिँदैन। गड्याकगुडक हामफाल्छ। सिठी फुक्न सुरु गर्छ। कहाँ कुदेको हो, गुटुटु कुद्छ। आतङ्क मच्चिन्छ। आयो आयो के आयो हुन्छ। कुदेपछि रिस उठेको बच्चाले जसरी सामान फाल्न थाल्छ,’ ओलीले भने।

गरिबले बल्लबल्ल जोडेको सामान फाल्दैमा समस्या समाधान नहुने उनले बताए। बरु विकल्प तयार नहुन्जेल बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म फुटपाथमा व्यापार गर्न दिन सकिने उनले बताए।

‘गरिबले बल्लबल्ल किनेर ल्याएको हुन्छ। फ्याँकेर, पोखेर समस्याको समाधान हुँदैन,’ उनले भने, ‘शहर सफा राखौँ। बाटो खुल्ला राखौँ तर मान्छे मारेर होइन। मान्छेलाई पेलेर होइन। मान्छेलाई रुवाएर होइन। कोही पनि नेपालीले रुन नपर्ने खालको परिस्थिति बनाऔँ।’

उनले काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि उभिएर आन्दोलन गरिरहेको विषय पनि आफ्नो जानकारीमा रहेको बताएका छन्।

तर यी सबै कुराको समाधान गर्न सरकारले नचाहेको पनि ओलीको आरोप छ।

प्रतिक्रिया दिनुहोस