इन्जिनियरिङ प्रवेश परीक्षा सञ्चालन गर्न नेविसंघको माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इन्जिनियरिङ प्रवेश परीक्षा सञ्चालन गर्न नेविसंघको माग


८ आश्विन २०८०, सोमबार


काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानलाई तत्काल प्रवेश परीक्षा सञ्चालन गरी विद्यार्थी भर्नाको प्रक्रिया सुरु गर्न आग्रह गरेको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति प्रकाशित गरी शुल्कसम्बन्धी निर्णय गरी प्रवेश परीक्षाको मिति तोक्न माग गरेका हुन् । शुल्क विवादका कारण संस्थानमा प्रवेश परीक्षा अनिश्चित बनेको छ । साउन २५ गते इन्जिनियरिङ स्नातक बीईको शुल्क ३ लाख १८ हजारबाट बढाएर ७ लाख ७७ हजार कायम गर्ने निर्णय गरिएको थियो ।

शुल्क वृद्धि विरोधमा विद्यार्थी आन्दोलन भएपछि भदौ १९ गते प्रवेश परीक्षा र शुल्क वृद्धिको निर्णय रद्द गरिएको छ । सहायक डिन सुशीलबहादुर बज्राचार्यको शुल्क निर्धारण कार्यदलले ७ लाख ७७ हजार शुल्क कायम गर्न सिफारिस गरेको थियो । त्यसलाई रद्द गर्दै गठित शुल्क पुनरावलोकन समितिले ५ लाख ५४ हजार शुल्क तोक्न सिफारिस गरेको छ । तर डिन कार्यालय शुल्कसम्बन्धी कुनै पनि निर्णय गरेको छैन ।

सहप्राध्यापक हरिराम पराजुलीको संयोजकत्वमा विद्यार्थी सम्मिलित शुल्क पुनरावलोकन समिति गठन भएको थियो । नेविसंघका सभापति शेर्पाले उक्त समितिले हचुवाको भरमा शुल्क सिफारिस गरेको जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस