सडकमै सुतेर शिक्षकहरूको विरोध « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सडकमै सुतेर शिक्षकहरूको विरोध


८ आश्विन २०८०, सोमबार


काठमाडौँ । राहत शिक्षकहरूले सडक आन्दोलनलाई आज सोमबार पनि निरन्तरता दिएका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरूले काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन् ।

बानेश्वरमा पुगेर उनीहरूले सडकमा सुतेरै विरोध जनाएका थिए ।

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरूको माग संशोधन नगरेको भन्दै राहत शिक्षकहरूले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।

उनीहरूले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरू आफूहरूसँग आन्दोलनमा रहेको बताएका छन् ।

राहत शिक्षकहरूले शिक्षक महासङ्घले धोका दिएको भन्दै आफूहरूको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस