नेपाल र चीनबीच १३ वटा सम्झौतामा हस्ताक्षर « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपाल र चीनबीच १३ वटा सम्झौतामा हस्ताक्षर


८ आश्विन २०८०, सोमबार


काठमाडौँ । नेपाल र चीनबीच विभिन्न १३ वटा सम्झौतामा हस्ताक्षर भएको छ। १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको जनाइएको छ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ प्रधानमन्त्री लि छ्याङबीचको द्विपक्षीय वार्ताका क्रममा सम्झौताहरूमा हस्ताक्षर भएको हो।

नेपाल र चीनबीच कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, पूर्वाधार, व्यापारसँग सम्बन्धित विषयमा सम्झौताहरू भएका हुन्। नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद्‌बीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सम्झौताको आधिकारिक जानकारी दुवै पक्षको संयुक्त वक्तव्यमार्फत जानकारी गराइने जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस