‘शिक्षा विधेयकमा सभामुख भूमिका निर्वाह गर्छु’ : सभामुख घिमिरे « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘शिक्षा विधेयकमा सभामुख भूमिका निर्वाह गर्छु’ : सभामुख घिमिरे


७ आश्विन २०८०, आइतबार


काठमाडौँ । सभामुख देवराज घिमिरे सात दिने आयरल्याण्ड भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।

आइरिस संसद्को तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणमा आयरल्याण्डको राजधानीबाट डब्लिन पुगेका उनी नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेश फर्किएको हुन्।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले भ्रमणका क्रममा दुई देशबीचको संसदीय गतिविधि आदानप्रदान लगायत विषयमा व्यापक छलफल भएको जानकारी दिए।

“दुवै मुलुकका संसदबीचको सम्बन्ध गाढा बनाउने विषयमा मैले आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेल र माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग छलफल गरेको छु” उनले भने, “संसद्का कर्मचारीको दक्षता अभिवृद्धि गर्नेबारे पनि हामीले छलफल गरेका छौँ।”

सभामुख घिमिरेले राष्ट्रपति तथा मन्त्रीहरुरूसँगको भेटले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा नेपालले लाभ लिन सक्ने वातावरण निर्माण भएको जानकारी दिए। उनले नेपाली विद्यार्थीलाई दिन सक्ने सहुलियत, भिसाको प्रबन्ध, प्राविधिक दक्षतासहित नेपाली जनशक्तिको रोजगारलगायत विषयमा पनि छलफल भएको उनको भनाइ थियो। स्वास्थ्य र कृषिमा आयरल्याण्डले विकास गरेका प्रविधि र लगानी नेपाल भित्र्याउनेबारे पनि छलफल भएको सभामुख घिमिरेले जानकारी दिए।

भ्रमणका क्रममा उनले आयरल्याण्डका राष्ट्रपति माइकल डी हिगिन्स, संसद्को दुवै सदनका सभामुख र अध्यक्ष, सरकारका वरिष्ठ मन्त्री, नेपाली समुदाय लगायतसँग पछि छलफल र भेटघाट गरेका थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस