राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी 


७ आश्विन २०८०, आइतबार


काठमाडौँ। राहत शिक्षकहरूले सडक आन्दोलनलाई आइतबार पनि निरन्तरता दिएका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरूले आइतबार पनि काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन् ।

उनीहरूले ४० हजार राहत शिक्षक, बालबिकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरू आफूहरूसँग आन्दोलनमा रहेको बताएका छन् ।

राहत शिक्षकहरूले शिक्षक महासङ्घले धोका दिएको भन्दै आफूहरूको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

सरकार र शिक्षक महासङ्घबिच ६ बुँदे सहमति वार्तामा शिक्षक महासङ्घका प्रतिनिधिले राहत तथा अस्थायी प्रकृतिका शिक्षकको बचाउ गर्न नसकेको राहत शिक्षक केन्द्रीय समितिको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस