सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्छ : माधव नेपाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्छ : माधव नेपाल


६ आश्विन २०८०, शनिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले सबै नेपालीलाई एकताबद्ध गर्ने बताएका छन् ।

नेपाल तामाङ सङ्घ (समाजवादी)को केन्द्रीय कमिटीको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै उनले विविध जातजातिका फरक भाषा, साहित्य, कला, मौलिक संस्कृति र रहनसहन संवर्द्धनबाट नेपाली समाजलाई अन्तर्राष्ट्रिय तहमा सांस्कृतिक रूपमा सम्पन्न बनाएको बताए ।

मुलुकमा कुनै वर्गमाथि हुने विभेद र शोषण आफूहरूलाई स्वीकार्य नहुने उल्लेख गर्दै उनले त्यस्तो कार्यविरुद्ध सबै एकजुट भई एकापसमा सहअस्तित्व, समतामूलक समाज, सामाजिक रूपान्तरणका लागि क्रियाशील हुनुपर्ने विचार व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस