बझाङमा खुकुरी प्रहार गरी एक जनाको हत्या « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बझाङमा खुकुरी प्रहार गरी एक जनाको हत्या


६ आश्विन २०८०, शनिबार


लेकगाउँ (बझाङ)। बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार शुक्रबार साँझ साढे ७ बजे हत्या गरी फरार भएका हुन् । ‘सामान्य विवाद हुँदा बिजुलीले जैलुको घर आँगनमै गएर खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर आएको छ । हामी घटनास्थलमा गइरहेका छौँ’, चौधरीले भने ।

उनका अनुसार आरोपीको खोजी कार्य भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस