राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस


५ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय दलित आयोगले राष्ट्रपतिसमक्ष आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका अध्यक्ष देवराज विश्वकर्मासहित पदाधिकारीहरूले शुक्रबार शितलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई आयोगको तर्फबाट वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले राजनीतिक स्थायित्व र सुशासन कायम गरी विभिन्न जात जाति, क्षेत्र, वर्ग लिङ्गका समस्या समाधानतर्फ सबैको ध्यान्केन्द्रित हुनुपर्ने बताए । उनले राजनीतिलाई स्थायित्व दिएर सुशासन कायम गर्न सके सबैका समस्या समाधान हुने धारणा राखे । अति पिछडिएको र विकट क्षेत्रमा सचेतना अभियान सञ्चालन गरे समाजका देखिएका विकृति विसङ्गति हटाउन सहज हुने उनको भनाइ थियो ।

‘जहाँ–जहाँ असुरक्षित बस्ती छन् । त्यही दलित समुदाय बसेका छन् । वर्षातको समयमा पहाडमा बाढी पहिरोबाट पीडित हुने दलित समुदाय नै छन् । तराईमा पनि डुवानबाट दलित समुदाय नै पीडित बन्दै आएका छन्, ‘राष्ट्रपति पौडेलको भनाइ थियो ।

प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष विश्वकर्माले राष्ट्रपति पौडेललाई दलित आयोगले यो वर्ष २२ वर्षपछि फेरि दलितको जात र थरको नयाँ सूचीकरण गरेको जानकारी गराएका थिए । आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस