सभामुख घिमिरे र आयरल्यान्डका सिनेट अध्यक्ष बटाइमरबीच भेट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सभामुख घिमिरे र आयरल्यान्डका सिनेट अध्यक्ष बटाइमरबीच भेट


३ आश्विन २०८०, बुधबार


काठमाडौँ । साता लामो आयरल्यान्ड भ्रमणमा निस्किएका सभामुख देवराज घिमिरेले द्विपक्षीय भेटघाट सुरु गरेका छन् । उनले माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेट गरेका छन् ।

भेटमा दुई देशबीच संसदीय अनुभव आदानप्रदानलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।  

भेटमा सभामुख घिमिरेले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २४ वर्षमा उच्चस्तरीय भ्रमण, सहयोग आदानप्रदान लगायतका काम भएको स्मरण गरेका थिए ।

सभामुख घिमिरेले विगत केही वर्षयता नेपाल र आयरल्यान्डबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताए । उनले सन् २०१९ सेप्टेम्बरमा आयरल्यान्डको प्रतिनिधिसभाका सभामुखको नेपाल भ्रमणले दुई संसद्‌बीचको सम्बन्धलाई घनिष्ट बनाएको उल्लेख गरेका थिए ।

सिनड एरियनका अध्यक्ष जेरी बटाइमरले संसदीय आदानप्रदानलाई दुवै देशले महत्वका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले सुरक्षा परिषद्‌मा नेपालले आयरल्यान्डलाई समर्थन गरेकोमा धन्यवाद दिएका थिए ।

नेपालको शिक्षा तथा पर्यटनका क्षेत्रमा आफ्नो मुलुक लगानी गर्न इच्छुक रहेको अध्यक्ष बटाइमरले जानकारी दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस