विद्यालय बन्द गरे शिक्षकलाई कारबाही गर्ने काठमाडौँ महानगरको निर्णय « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

विद्यालय बन्द गरे शिक्षकलाई कारबाही गर्ने काठमाडौँ महानगरको निर्णय


३ आश्विन २०८०, बुधबार


काठमाडौँ। काठमाडौँ महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने निर्णय गरेको छ ।

प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सरकारी शिक्षकहरूले विद्यालय बन्द घोषणा गरेका छन् । तर, महानगरपालिकाले विद्यालय बन्द भए अस्वीकार्य हुने निर्णय गरेको छ ।

विद्यालय बन्द भए प्रधानाध्यापक र विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारबाही गर्ने महानगरको निर्णय छ । शिक्षकले तोकिएको आचारण विपरीत काम गरे त्यसलाई निरुत्साहित हुने गरी कारबाही गरिने महानगरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस