थप तीन उपसचिवको सरुवा  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

थप तीन उपसचिवको सरुवा 


२ आश्विन २०८०, मंगलबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप तीन उपसचिवहरूको सरुवा गरेको छ । सोमबार मन्त्रालयले स्थानीय तथा संघीय मन्त्रालयमा कार्यरत उपसचिवहरूलाई मन्त्रालयमा ल्याएको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदी र गृह मन्त्रालयका उपसचिव रामदत्त पाण्डेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको हो । 

यससँगै मन्त्रालयमा उपसचिवको सङ्ख्या २६ जना पुगेको छ । मन्त्रालयमा २३ जना उपसचिवको दरबन्दी रहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस