नेपाल बारको साधारण सभा सुर्खेतमा हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाल बारको साधारण सभा सुर्खेतमा हुने


२ आश्विन २०८०, मंगलबार


काठमाडौँ । नेपाल बार एशोसिएसनको केन्द्रीय साधारण सभा सुर्खेतमा हुने भएको छ ।

असोज १२ र १३ गते सुर्खेतको वीरेन्द्रनगरमा हुने साधारणसभालाई विधान सभाको रूपमा लिइएको बारका केन्द्रीय उपाध्यक्ष उत्तमप्रसाद आचार्यले जानकारी दिए ।

सधारणसभाको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गर्ने छन् ।

आर्थिक वर्ष २०७८/७९ र ०७९/८० को गरी दुई आर्थिक वर्षको साधारण सभा एकै पटक हुन लागेको हो ।

गत असारमा बसेको बारको बैठकले विजय मिश्रको संयोजकत्वमा विधान संशोधन उपसमिति समेत गठन गरिसकेको छ ।

साधारण सभामा एक हजार भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने र साधारण सभाका लागि १० वटा विभिन्न उपसमितिहरू समेत गठन गरिएको आयोजकले जनाएको छ ।

साधारण सभामा प्रदेशका पर्यटन व्यावसायीहरु मार्फत रारा तालसम्मको टुर प्याकेजको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

साधारण सभाका लागि करिब ४० लाख खर्च लाग्ने बारको अनुमान छ । त्यसका लागि बारले आफ्नो कोष सहित पर्यटन बोर्ड, कर्णाली प्रदेश सरकार र स्थानीय तह लगायत विभिन्न निकायबाट आर्थिक सहयोगको अपेक्षा राखिएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस