एमाले गण्डकीको प्रथम अधिवेशनको लोगो सार्वजनिक « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमाले गण्डकीको प्रथम अधिवेशनको लोगो सार्वजनिक


२ आश्विन २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनको लोगो सार्वजनिक भएको छ । अधिवेशन प्रचार प्रसार उपसमितिले मंगलबार पत्रकार सम्मेलन गर्दै असोज १५ र १६ गते पोखरामा हुने प्रथम प्रदेश अधिवेशनको लोगो सार्वजनिक गरेको हो ।

माछापुच्छ्रे हिमाल र फेवाताललाई समेटिएर लोगो तयार पारिएको लोगो निर्माणका लागि संयोजन गरेका प्रदेश प्रचार प्रसार उपसमितिले जनाएको छ ।

प्रदेशका सबै तहका नेतासँग सल्लाह समन्वय गरेर लोगो तयार परिएको प्रदेश प्रचार प्रसार उपसमिति सदस्य विक्रम न्यौपानेले जानकारी दिए ।

अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले १५ गते उद्घाटन गर्ने कार्यक्रम छ । पोखराको अम्मरसिंह चौरमा हुने उद्घाटन सत्रमा ५० हजार कार्यकर्ता उतार्ने एमालेको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस